काठमाडौँ– नेपाली कांग्रेसको केन्द्रीय समितिको आकस्मिक बैठक बुधवार बस्ने भएकव छ।
बिहान साढे ८ बजेका लागि पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बोलाइएको हो।
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं आमन्त्रित सदस्यहरूलाई बोलाइएको छ।
बैठक कांग्रेस पूर्वसांसद ढुण्डिराज शास्त्रीको गत सोमबार निधन भएपछि शोक प्रस्ताव पारित गर्नेका लागि बोलाइएको हो।
शास्त्री २०४८ र २०५१ सालमा अर्घाखाँची निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए।
पत्नी बितेको २० दिनमै अस्ताए कांग्रेस नेता ढुण्डीराज शास्त्री


