२०८३ कार्तिक २० गते बिहिबार

६ महानगरमा काठमाडौँ एक्लैको बजेट अन्य ५ बराबर, कसले कस्तो ल्याए?

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असार १०
budget

काठमाडौँ: आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ६ महानगरपालिकाले बजेट सार्वजनिक गरेका छन्। महानगरपालिकाहरूले सार्वजनिक गरेको बजेटमा स्थानीय सरकारहरूको विकास प्राथमिकता, वित्तीय क्षमता र प्रशासनिक चुनौतीको मिश्रित चित्र देखिन्छ। बजेटको आकारमा उल्लेख्य अन्तर देखिए पनि कार्यान्वयन क्षमताका दृष्टिले भने अधिकांश महानगर उस्तै समस्यासँग जुधिरहेका छन्।

संघीय राजधानी रहेको काठमाडौं महानगरपालिका यसपटक पनि सबैभन्दा ठूलो बजेट ल्याएको छ। काठमाडौंले आगामी वर्षका लागि २५ अर्ब ८८ करोड रुपैयाँभन्दा बढीको बजेट ल्याएको छ, जुन अन्य पाँच महानगरपालिकाको संयुक्त बजेटसँग लगभग बराबर छ। ललितपुर, पोखरा, भरतपुर, वीरगञ्ज र विराटनगरको कुल बजेट जोड्दा करिब २८ अर्ब रुपैयाँ पुग्छ।

बजेटको आकारमा दोस्रो स्थानमा ललितपुर महानगरपालिका छ। उसले ७ अर्ब ४८ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ। पोखरा ७ अर्ब १५ करोड रुपैयाँसहित तेस्रो स्थानमा रहँदा भरतपुरले ५ अर्ब ५१ करोड, वीरगञ्जले ४ अर्ब ४२ करोड र विराटनगरले ३ अर्ब ५६ करोड रुपैयाँको बजेट ल्याएका छन्।

प्रदेश बजेट: गोरखकाली रबर र भृकुटी कागज चलाउनेदेखि सुरुङ मार्ग बनाउने योजना

यस वर्ष बजेटको आकार बढाउने महानगरमध्ये सबैभन्दा अगाडि वीरगञ्ज देखिएको छ। चालु आर्थिक वर्षको तुलनामा करिब एक अर्ब २० करोड रुपैयाँले बजेट वृद्धि गर्दै वीरगञ्जले विस्तारमुखी नीति लिएको संकेत गरेको छ। भरतपुर र काठमाडौंले पनि बजेटमा सामान्य वृद्धि गरेका छन्। पोखरा र विराटनगरले भने अघिल्लो वर्षभन्दा सानो आकारको बजेट सार्वजनिक गरेका छन्। ललितपुरले लगभग यथावत् आकार कायम राखेको छ।

कुन प्रदेशको बजेट कस्तो? कार्यान्वयन कत्तिको चुनौतीपूर्ण?

विकास खर्चको प्राथमिकतामा काठमाडौँ सबैभन्दा आक्रामक देखिएको छ। महानगरले कुल बजेटको ६१ प्रतिशत रकम पूर्वाधार क्षेत्रमा केन्द्रित गरेको छ। ललितपुरले पनि आधाभन्दा बढी बजेट पुँजीगत खर्चमा राखेर विकास निर्माणलाई प्राथमिकता दिएको छ। तर पोखरा र वीरगञ्जमा भने चालु खर्चको हिस्सा विकास खर्चभन्दा ठूलो छ, जसले प्रशासनिक तथा सञ्चालन खर्चको दबाब अझै उच्च रहेको संकेत गर्छ।

काठमाडौँले घरमै नागरिकता र राष्ट्रिय परिचयपत्र सेवा पुर्‍याउने योजना ल्याएको छ भने युवालाई उद्यमशीलतामा आकर्षित गर्न छुट्टै कोष व्यवस्था गरेको छ। ललितपुरले ज्येष्ठ नागरिकलाई वार्षिक भत्ता दिने निर्णयसँगै कर छुटका कार्यक्रमलाई निरन्तरता दिएको छ। भरतपुरले अधुरा आयोजना सम्पन्न गर्ने र गौतमबुद्ध क्रिकेट रंगशालालाई गति दिने लक्ष्य राखेको छ। वीरगञ्जले कृषि आधुनिकीकरण र डिजिटल सिटी अवधारणालाई प्राथमिकतामा राखेको छ भने विराटनगरले महिला उद्यमीलाई कर सहुलियतमार्फत व्यवसाय विस्तारमा प्रोत्साहन गर्ने नीति लिएको छ। पोखराले पर्यटन केन्द्रित विकास योजनालाई मुख्य आधार बनाएको छ।

बजेट खर्च क्षमतामा सबैको उस्तै कमजोरी

सबै महानगरहरूको बजेट खर्च क्षमता भने कमजोर देखिन्छ। चालु आर्थिक वर्षको जेठ मसान्तसम्म आइपुग्दा अधिकांश महानगरले आफ्नो बजेटको आधा रकमसमेत खर्च गर्न सकेका छैनन्। पोखराको खर्च प्रगति करिब ४० प्रतिशतमा सीमित छ भने विराटनगरमा ४५ प्रतिशतभन्दा कम रहेको छ। काठमाडौँ, ललितपुर, भरतपुर र वीरगञ्जमा पनि खर्च प्रगति अपेक्षाअनुसार हुन सकेको देखिँदैन।

विशेषगरी विकास बजेट खर्चमा सुस्तता देखिनु स्थानीय सरकारहरूको साझा समस्या बनेको छ। धेरै महानगरले आगामी वर्ष पनि पूर्वाधार, सुशासन, स्वास्थ्य, शिक्षा र वातावरणलाई प्राथमिकतामा राखेका छन्। तर विगतका वर्षझैँ बजेट खर्चको गति कमजोर रहने हो भने महत्वाकांक्षी योजनाहरू कागजमै सीमित हुने जोखिम कायमै रहने देखिन्छ।

प्रकाशित: २०८३ असार १० गते बुधबार ०६:४७
प्रतिक्रिया

थप समाचार

पूर्वाधार सम्मेलनमा १७ अर्ब डलरका परियोजना सोकेश गरिँदै

काठमाडौँ: आगामी डिसेम्बर ९ र १० मा हुने तेस्रो संस्करणको नेपाल पूर्वाधार सम्मेलन-२०२६ मा १७ अर्ब अमेरिकी डलरका परियोजनाहरु सोकेश गरिने भएको छ। पूर्वाधार विकास मन्त्रालय, नेपाल उद्योग परिसंघ...

 पूर्वाधारमा राज्यको बजेटले मात्रै पुग्दैन, निजी पुँजीलाई बढाउँछौँ: अर्थमन्त्री

काठमाडौँ: अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सुशासन, कानुनी सुधार, पूर्वाधार विकास र निजी क्षेत्रको लगानी विस्तारलाई सँगसँगै अघि बढाउने बताएका छन्। बिहीबार नेपाल इन्फ्रास्ट्रक्चर समिट, २०२६...

२५ वर्षमा नेपाललाई कहाँ पुर्‍याउने? बनाइँदैछ ‘नेपाल डेभलपमेन्ट भिजन’

उनले भने, ‘२५ वर्षमा नेपाललाई कहाँ पुर्‍याउने भन्ने नेपाल डेभलपमेन्ट भिजनको एउटा अभ्यास गरौँ भनेर हामी लागिरहेको छौँ। र त्यसमा पनि निजी क्षेत्रको, अरू प्रबुद्ध वर्गको एउटा महत्त्वपूर्ण सहभागिता...

विद्युत् व्यापार गर्न १५ कम्पनीको आवेदन, ११ ले पाए आशयपत्र

सरकारले निजी क्षेत्रलाई विद्युत् व्यापारको ढोका खोलेको छ। ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले निजी कम्पनीहरूलाई धमाधम आशयपत्र (एलओआई) दिन थालेको छ।

धनुषाका गौरीशंकरले जिते १० लाख, १ लाख जित्ने १५ जनामा तपाईँ पनि पर्नुभयो कि? [सूची]

काठमाडौँ: धनुषाको नगराइन नगरपालिकाका गौरीशंकर पण्डितका लागि ४१५ रुपैयाँको एउटा सामान्य खरिद जीवनकै अविस्मरणीय संयोग बनेको छ। दैनिक उपभोग्य वस्तुका रूपमा किनेको तोरीको तेलले उनलाई एकैपटक...
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
himali_hydro
शेयर बजार

हिमाली हाइड्रो फण्डले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल नियुक्त

काठमाडौं। निर्माणाधीन सोना खोला जलविद्युत् आयोजनाको प्रबर्द्धक हिमाली हाइड्रो फण्ड लिमिटेडको साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। फण्डले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा...
kalyan
ब्लग

नेपाल प्रहरी जनताको सेवक हुने कि जनताको त्रासदिमा रमाउने?

मुलुकको सुरक्षा, जनचेतना, सामाजिक न्याय र अमनचयनको विषयलाई समाजशास्त्रको दृष्टिबाट हेर्दा नेपाल प्रहरी केवल एक ‘कानुन कार्यान्वयन गर्ने निकाय’ मात्र नभई राज्यको राजनीतिक, आर्थिक र सांस्कृतिक...
dinesh thakali
बैंकिङ

डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपालको अध्यक्षमा दिनेश थकाली निर्वाचित

काठमाडौँः डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपालको २१औँ वार्षिक साधारण सभाले आगामी दुई वर्षे कार्यकालका लागि कामना सेवा विकास बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीलाई अध्यक्ष पदमा...
bank brokar
बैंकिङ

बैंकबाटै सेयर ब्रोकर सेवा दिने प्रस्तावमा आपत्ति, ‘लाइसेन्स छ भन्दैमा सबै दिन मिल्दैन’

अर्थ मन्त्रालयले यससम्बन्धी सम्भाव्यता अध्ययन गर्न विज्ञ समिति गठन गरेसँगै स्टक ब्रोकर व्यवसायीहरूले बैंकलाई थप वित्तीय सेवा सञ्चालनको जिम्मेवारी दिन खोजिएको भन्दै आपत्ति जनाएका छन्।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना