काठमाडौँ- नेपाली कांग्रेसल सहमहामन्त्री महेन्द्र यादवमाथि भएको सांघातिक आक्रमणको भत्सर्ना गरेको छ। बुधबार विज्ञप्ति जारी गर्दै कांग्रेसले यादवमाथि भएको आक्रमणको भत्सर्ना गरेको हो।
‘उहाँमाथि आक्रमण गर्ने व्यक्ति र पछिल्तरि हुन सक्ने जो कोही व्यक्ति वा समूह उपर गहिरो अनुसन्धान गरेर कडाभन्दा कडा कारबाही गर्न नेपाली कांग्रेस सरकारसँग जोडदार माग गर्दछ,’ विज्ञप्तिमा भनिएको छ।
यादवमाथि बुधबार दिउँसो भृकुटी मण्डपस्थित रिपोर्टस क्लब अगाडि खुकुरी प्रहार भएको थियो। नुवाकोटका श्याम सापकोटाले यादवमाथि खुकुरी प्रहार गरेका थिए। उनलाई प्रहरीले पक्राउ गरिसकेको छ। यादवको ट्रमा सेन्टरमा उपचार भइरहेको छ।


