२०८३ असोज १८ गते आईतबार

तेल उत्पादनमा जाजु ग्रुपः रोयल इडेबल आयल सञ्चालनमा ल्याउँदै, भारत निर्यात गर्ने लक्ष्य

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असार १७
oil
Oil in bottles. Industrial production of sunflower oil. Conveyor line for bottling and packing. Sunflower oil plant. Bottle of oil on packing line.

काठमाडौं। चाउचाउ उत्पादनमा अग्रणी व्यवसायिक घरना जाजु ग्रुपले खानेतेल उद्योग सञ्चालनमा ल्याउने भएको छ। ग्रुपले सुनसरीको इटहरीमा ९० करोड रुपैयाँ लगानीमा रोयल इडेवल आयल प्रालि सञ्चालनमा ल्याउन लागेको हो।

हाल उद्योगको पूर्वाधार निर्माण भइरहेको छ। उद्योगको दैनिक खानेतेल उत्पादन क्षमता १५० टन हुनेछ। उद्योगले खानेतेल उत्पादन गरेर आन्तरिक खपतका साथै छिमेकी भारतमा निर्यात गर्ने योजना बनाएको छ।

उद्योगमा ६७ करोड ५० लाख रुपैयाँ ऋण र २२ करोड ५० लाख रुपैयाँ ग्रुपको स्वपुँजी(इक्विटी) लगानी हुने भएको छ। ७५ प्रतिशत ऋण र बाँकी २५ प्रतिशत संस्थापकको स्वपँुजी हुने गरी लगानी संरचना बनाइएको छ। ऋण लगानी पनि व्यवस्थापन भइसकेको उद्योगले जनाएको छ। ग्रुपले १५ करोड रुपैयाँ लगानी गरिसकेका छन्।

उद्योगले तेल उत्पादनका लागि आवश्यक तोरी, भटमास र सूर्यमुखी कच्चा खाद्य तेल विदेशबाट आयात गर्ने भएको छ। रोयल इडेबलले सोयाबिन तेल, सूर्यमुखी तेल र तोरीलाई प्रशोधन गरेर तेल उत्पादन गर्नेछ।

उद्योग नेपाल–भारत सीमास्थित सुनसरीको इटहरी निकटताको कारणले रणनीतिक फाइदा प्राप्त गर्ने सक्ने संभावना छ। कम्पनीले भारतीय बन्दरगाहमार्फत कच्चा पदार्थ आयात गर्ने भएकाले सीमा नजिक हुनाले ढुवानी दूरी र लागत घटाउन मद्दत गर्दछ। समग्रमा, प्लान्टको स्थानले आयात र निर्यात दुवै ढुवानी लागत घटाएर कम्पनीको आपूर्ति श्रृंखलालाई बलियो बनाउने संभावना छ।

एसियन थाइफुडको पाँच अर्ब ५३ करोडको चाउचाउ व्यापार, जुस उत्पादन पनि सुरु

उद्योगको अध्यक्ष महेशकुमार जाजु रहेका छन्। जाजु समूहले एसियन थाइफुड्स सञ्चालन गरिरहेको छ। एसियन थाइफूड्सले रमपम, २ पीएम र गुडलाइफलगायत विभिन्न ब्रान्डका चाउचाउ उत्पादन गर्दैै आएको छ।रोयल इडेबल सन् २०२१ मा स्थापना भएको हो।

जाजु ग्रुपले सञ्चालन गरिरहेको एसियन थाइफूड्सको व्यापारमा चमक आएको छ। गत वर्ष उद्योगले रमपम, टु पिएम र प्रीति ब्राण्डका चाउचाउको व्यापार १४ प्रतिशत बढेर पाँच अर्ब ५३ करोड ८० लाख रुपैयाँ पुगेको छ। उद्योगले चाउचाउ व्यापार विस्तार र लगानी विविधिकरण गर्न कपिलवस्तुको तौलिहवामा गत वर्षदेखि नयाँ कारखाना सञ्चालनमा ल्याएको छ।

दक्षिण एसियाली स्वतन्त्र व्यापार सम्झौता (साफ्टा) अनुसार भारतले भन्सार सहुलियत दिएपछि नेपाली खानेतेल उद्योगको व्यापारमा उछाल आएको छ। भन्सार सहुलियतका कारण धमाधम खानेतेल उद्योग खुल्न थालेका छन्। झण्डै आधा दर्जन नयाँ तेल उद्योग पाइपलाइनमा छन्। भारतको भन्सार सहुलियतबाट फाइदा दिन ठूला व्यवसायिक घरनाहरु अहिले तेल उद्योगमा लगानी बढाइरहेका छन्।

६८ करोड लगानीमा कञ्चनपुरमा खानेतेल उद्योग बन्दै, दैनिक २०० टन उत्पादन गर्ने

भारतको भन्सार सहुलियतले धमाधम तेल उद्योग खुल्दै, बारामा भाइटल आयल सञ्चालनमा आउने

चितवनमा रोयल रिफाइनरी तेल उद्योग आउँदै भारत निर्यात गर्ने लक्ष्य

प्रकाशित: २०८३ असार १७ गते बुधबार ०६:३३
प्रतिक्रिया

थप समाचार

आक्रामक लगानी विस्तार गर्दै रामेश्वर साह, सौरहा र जनकपुरपछि मुक्तिनाथ र बर्दियामा होटल खोल्ने

चितवनको सौराहामा ‘रोयल टुलिप’ लक्जरी रिसोर्ट सञ्चालन गरिरहेका शाहले जनकपुरधाममा २ अर्ब रूपैयाँ लगानीमा पाँचतारे डिलक्स होटल मिथिला निर्माण गरिरहेका छन्।

बूढानीलकण्ठ फरेष्ट हिल्सले लक्जरी वेलनेस रिसोर्ट बनाउदै, लागत १ अर्ब ११ करोड

होटल बनाउन १ अर्ब ११ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। कूल लगानीमा स्वपुँजी र ऋण लगानी हिस्सा आधा हुने बूढानीलकण्ठ फरेष्ट हिल्सले जनाएको छ।

सेना, प्रहरी र सशस्त्रलाई पनि खाना पकाउने ग्यास वितरण गर्न अनुमति दिने तयारी

काठमाडौँ: उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रुद्रसिंह तामाङले सुरक्षा निकायलाई पनि खाना पकाउने ग्यास (एलपिजी)को बिक्री वितरण गर्न अनुमति दिन लागेको जानकारी दिएका छन्। विकास आर्थिक...

सीएसआरको पैसा कब्जा गर्ने सरकारको तयारी, प्रस्तावित कम्पनी विद्येयकमा निजी क्षेत्रको असहमति

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले तयार पारेको कम्पनी ऐनसम्बन्धी विधेयकको मस्यौदामा वार्षिक २५ करोड रुपैयाँभन्दा बढी कारोबार गर्ने कम्पनीले आफ्नो खुद नाफाको कम्तीमा १ प्रतिशत रकम ‘संस्थागत...

रारा चाउचाउ गुणस्तरहीन, बिक्रीमा लगाइयो रोक

काठमाडौँ: खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले रारा चाउचाउ बजारबाट फिर्ता गर्न निर्देशन दिएको छ। विभागले बजार अनुगमन तथा निरीक्षणका क्रममा खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम संकलन...
482229731_1191734018981818_4961382105116707870_n
राजनीति

गगनले ‘एप्रिसिएट’ गरेका शालिक कांग्रेस केन्द्रीय सदस्यका उम्मेदवार

'आजको दिनमा 'ट्रिपअडभाइजरमा 'शेर्पा' रेष्टुरेन्ट पूरै आम्सटर्डम (नेदरल्यान्डको राजधानी) शहरभरि २ नम्बरमा पर्छ। ‍त्यसका एक सञ्चालक शालिक गौतम नेपाली कांग्रेसका महासमिति सदस्य मात्र होइनन्,...
mukunda_sulav
बीमा

सुलभ-मुकुन्द हिमालयन रि–को सेयर विवादः अदालतको प्रश्न–१०० को सेयर ८०० पुग्ने आधार के हो?

उच्च अदालत पाटनले कामाख्या फिनकोर्पको दर्ता २०७८ वैशाख ३१ मा सेयर मूल्य कित्ताको १०० कायम रहेकोमा २०७८ असार १७ मा बढाएर ८०० रुपैयाँ पुग्ने ठोस आधार कारण के हो? भनी प्रश्न गरेको छ।
fc15fdfb-e8c0-48c3-840d-9f418322e161
समाज

रसुवा बाढीमा बेपत्ता भोजराजको कुशको सब बनाएर दाहसंस्कार गरिने

काठमाडौं। भोटेकोसी त्रिशूली बाढीका क्रममा बेपत्ता भएका मोरङ सुन्दरहरैंचाका भोजराज अधिकारीको परम्पराअनुसार कुशको प्रतिमा बनाएर दाहसंस्कार गरिने भएको छ। अटोमोबाइल कम्पनीमा कार्यरत ४३ वर्षीय...
WhatsApp Image 2026-09-30 at 14.08.14 (1)
साहित्य

शुक्रबार सार्वजनिक हुँदै रमेशनाथ पाण्डेको कथासङ्ग्रह ‘संसारपारिको संसार’

काठमाडौँ: बहुआयामिक व्यक्तित्त्व पूर्वपरराष्ट्रमन्त्री, वरिष्ठतम कूटनीतिज्ञ, पत्रकार रमेशनाथ पाण्डेको कथासङ्ग्रह बजारमा आउँदैछ। पाण्डेको 'संसारपारिको संसार' कथासङ्ग्रह आगामी शुक्रबार...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना