काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ राष्ट्रपति सी चिनफिङको भेट भएको छ।
हाङ्चाउको स्टेट गेस्ट हाउसमा राष्ट्रपति सी र प्रधानमन्त्री दाहालबीच भेट भएको हो।
भेटमा दुईपक्षीय हितका विषयमा छलफल भएको प्रधानमन्त्री दाहालको सचिवालयले जानकारी दिएको छ।
यस्तै नेपालको भौतिक पूर्वाधारलगायत विभिन्न दुईपक्षीय हितका विषयमा छलफल कुराकानी भएको बताइएको छ।
प्रचण्ड १९ औँ एसियाली खेलकुदको उदघाटन समारोहमा सहभागी हुन हुन हाङ्चाउ पुगेका हुन्।


