पोखरा– नेपाल एमाले गण्डकी प्रदेश संसदीय दलका नेता खगराज अधिकारी सभामुखसमेतको समर्थनमा मुख्यमन्त्री नियुक्त भएपछि नेपाली कांग्रेसले सर्वोच्च अदालत जाने तयारी गरेको छ।
सभामुखसमेतको समर्थनमा मुख्यमन्त्री बन्नु असंवैधानिक भएको भन्दै कांग्रेस सर्वोच्च जाने तयारीमा गरिएको नेपाली कांग्रेस गण्डकी, संसदीय दलका प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेले बताए।
‘सभामुखलाई समेत गणना गरेर असंवैधानिक रुपमा मुख्यमन्त्री नियुक्त गरिएकाले सर्वोच्चमा रिट हाल्ने तयारी गरेका छौँ,’ उनले भने।
आइतबार बिहान अधिकारीले सभामुखसमेतको समर्थन रहेको भन्दै मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए।
काग्रेसले भने ३१ जनाको हस्ताक्षर सनाखत गराएर मात्र अधिकारीलाई मुख्यमन्त्रीमा नियुक्ति दिन प्रदेश प्रमुख समक्ष माग राखेको थियो।
तर उक्त माग र कोशी प्रकरणमा सर्वोच्चको नजिरलाई समेत बेवास्ता गर्दै प्रदेश प्रमुख डिल्लीराज भट्टले अधिकारीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्।
संविधानअनुसार मुख्यमन्त्री बनेको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था छ।
गठबन्धनले गण्डकीमा दोहोर्यायो ‘अवैधानिक कोशी प्रकरण’, एमालेको चरित्र दोहोरो
सभामुखसमेतको समर्थन लिएर गएका अधिकारी गण्डकीको मुख्यमन्त्री नियुक्त


