२०८३ कार्तिक २१ गते शुक्रबार

सभामुखले बोलाएको बैठक फेरि पनि निष्कर्षविहीन, कसले के भने?

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, बैशाख ३०
savamukh_meeting (7)

काठमाडौँ- सभामुख देवराज घिमिरेले बोलाउको प्रमुख राजनीतिक दलका प्रमुख सचेतक र सचेतकहरूबीचको छलफल फेरि पनि कुनै निष्कर्ष निकाल्न नसकी समापन भएको छ।

सिंहदरबारस्थित कार्यकक्षमा कानून, न्याय तथा संसदीय मामिलामन्त्रीलाई पनि बोलाएर सुरु भएको बैठक कुनै निष्कर्षमा पुग्न नसकेको हो।

सभामुख घिमिरेले नीति तथा कार्यक्रमलाई जेठ १ गते संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपतिले वाचन गर्ने कार्यक्रमको तयारी लगायतका विषयमा छलफल गर्न बैठक बोलाएका थिए।

जेठ १ गते सरकारको नीति तथा कार्यक्रम ल्याउने तयारी गरी साँझ ६ बजेका लागि बैठक बोलाइएको छ। तर सहकारी ठगीको आरोप लागेका गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति बनाउनपर्ने माग राखी कांग्रेसले सदनमा अवरोध गरिरहेपछि त्यसको समाधान निकाल्न सभामुखले गरेको प्रयास विफल भएको हो।

बैठकमा नेपाली कांग्रेस आफ्नो अडानबाट पछाडि हटेन भने सत्तारुढ दल कुनै पनि हालतमा संसदीय छानबिन समिति बनाउन नसकिने अडानमा कायमै रहे।

कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संसदीय छानबिन समिति बनाएर संसद्को अवरोध हटाउन सरकारले अग्रसरता लिनुपर्ने बताए। उनले भने, ‘छानबिन समिति गठनको निर्णयबाट हामी पछि हटेका छैनौं। समिति गठन नभई अन्य कार्यसूचीमा सदन अगाडि बढ्दैन।’

कानुन न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले सहकारीका विषयमा संसदीय छानबिन समिति गठन गर्न नसकिने बताए।

बैठकबाट बाहिरिने क्रममा नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संसद् अवरोधको निकास प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नै दिनुपर्ने बताए।

सोमबार दिउँसोसम्ममा संसदीय छानबिन समिति बन्ने उनको विश्वास छ।

‘मलाई विश्वास छ, भोलि दिउँसोसम्ममा सरकारले, सत्तापक्षले संसदीय छानबिन समिति गठन गर्ने कुरालाई अगाडि ल्याउनेछ,’ उनले भने, ‘बल नेपाल सरकारको कोर्टमा छ, कसरी डिल गर्छ त्यसमा भर पर्छ।’

एमालेका प्रमुख सचेतक महेश बर्तौलाले कांग्रेसले आत्महत्या गर्छु भने पनि संसदीय छानबिन समिति गठन नहुने बताए। ‘नेपाली कांग्रेसले आत्महत्या नै गर्छु भनेपनि माग यो माग पुरा हुनेवाला छैन,’ उनले भने। कांग्रेसको माग सहकारी पीडितले न्याय पाउने विषयसँग पनि जोडिएर नआएको उनले जिकिर गरे।

‘प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले उठाएको विषय कानुनसम्मत छैन। कांग्रेसले समितिका नाममा सरकार माग गरेको हो,’ एमाले प्रमुख सचेतक महेश बर्तौलाले सभामुखसँगको छलफलपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै भने, ‘यो माग पूरा गर्न असम्भव छ।’

नीति तथा कार्यक्रम प्रस्तुत गर्न राष्ट्रपतिले मंगलबार संसद्का दुवै सदनको बैठक बोलाएको भन्दै त्यो बैठक प्रभावित नहुने उनले जिकिर गरे।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई कारबाही गृहमन्त्रीसँग माग गरे।

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले शनिबार चितवन पुगेर यसअघिको सरकारले सहकारी ठगीका आरोपित जीबी राईलाई भगाएको आरोप लगाएका थिए। त्यसकै काउन्टरमा शाहीले यस्तो माग अघि सारेका हुन्।

‘देशको गृहमन्त्रीले भनेको कुरा त हामीले विश्वास मान्नैपर्‍यो,’ उनले भने, ‘अपराधीलाई भगाउने प्रधानमन्त्रीलाई कारबाही हुनुपर्छ । गृहमन्त्रीले पक्राउ पुर्जी जारी गर्नुपर्छ।’

सभामुखले बोलाएको बैठक निष्कर्षविहीन, कांग्रेसको प्रश्न- गृहमन्त्री संविधानभन्दा माथि हो?

प्रकाशित: २०८१ बैशाख ३० गते आईतबार ०४:४४
प्रतिक्रिया

थप समाचार

विपद्पछिको पुनर्निर्माणका लागि ४ देखि ५ अर्ब डलर आवश्यक पर्ने देखिन्छ: अर्थमन्त्री

अर्थमन्त्री स्वर्णिम वाग्लेले भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको विपद्पछिको उद्धार, राहत, पुनरुत्थान तथा पुनर्निर्माणका लागि सरकारले आवश्यक स्रोतसाधनको व्यवस्था गर्ने बताएका छन्। हिमालमा...

आईजीपीबाट हटाउने सरकारको निर्णयविरुद्ध दानबहादुर सर्वोच्चमा

काठमाडौँ: प्रहरी महानिरीक्षक (आईजीपी)बाट हटाउने सरकारको निर्णयविरुद्ध दानबहादुर कार्की सर्वोच्च अदालत पुगेका छन्। आईजीपीबाट हटाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट पुगेको हो। रिट दर्ता हुन...

‘एलपी ग्यासमुक्त पालिका’ योजना कार्यान्वयन गर्न ऊर्जामन्त्रीको निर्देशन

'नवीकरणीय ऊर्जालाई अनुदानबाट उद्यम र रोजगारीसँग जोड्नुपर्छ'

को हुन् नवनियुक्त आईजीपी केसी? किन हुँदैछ ५३ साल दोहोरिएको चर्चा?

काठमाडौँ: सरकारले दानबहादुर कार्कीलाई प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रधानमन्त्रीको विशेष सुरक्षा...

मनोज केसी आईजीपी नियुक्त, दानबहादुरलाई प्रधानमन्त्रीको विशेष सुरक्षामा तानियो

काठमाडौँ: सरकारले एआईजी मनोज केसीलाई प्रहरी महानिरीक्षक (आईजीपी) बढुवा गर्ने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको एक मन्त्रीले बताए। दानबहादुर कार्कीलाई आईजीपीबाट...
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
kalyan
ब्लग

नेपाल प्रहरी जनताको सेवक हुने कि जनताको त्रासदिमा रमाउने?

मुलुकको सुरक्षा, जनचेतना, सामाजिक न्याय र अमनचयनको विषयलाई समाजशास्त्रको दृष्टिबाट हेर्दा नेपाल प्रहरी केवल एक ‘कानुन कार्यान्वयन गर्ने निकाय’ मात्र नभई राज्यको राजनीतिक, आर्थिक र सांस्कृतिक...
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
rameshowre
उद्योग

केटिएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना