काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीले डा मुकुल ढकाललाई फेरि स्पष्टीकरण सोध्ने निर्णय गरेको छ।
पार्टी कार्यालय वनस्थलीमा जारी बैठकले साधारण सदस्यबाट पनि निष्कासन गर्नुअघि एक पटक फेरि स्पष्टीकरण सोध्ने निर्णय गरेको हो।
यसअघि पनि रास्वपाले ढकाललाई साधारण सदस्यबाटै निलम्बन गर्न स्पष्टीकरण सोधेको थियो। त्यसको जवाफ दिँदै ढकालले पार्टी सभापति रवि लामिछानेको राजीनामा माग गर्दै माथि प्रश्न उठाएका थिए।
सभापति लामिछानेको राजीनामा माग्दै जवाफ फर्काएपछि पार्टीबाट हटाउनुअघि अन्तिम पटक स्पष्टीकरण सोधेको हो।
मुकुल ढकाललाई रास्वपाले गर्यो कारबाही, महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्यबाट पदमुक्त


