काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वराजा ज्ञानेन्द्रसँग भेट गरेको विषयमा मुख खोलेका छन्।
माओवादी केन्द्रले काठमाडौँमा आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै उनले उक्त पूर्वराजा ज्ञानेन्द्रसँग भेट गरेको विषयमा चलेको हल्ला निराधार भएको बताए।
‘कतिपयले प्रचण्डले झापामा पुगेर ज्ञानेन्द्रलाई भेट्यो भनेर हल्ला चलाएछन्। बरु म झापा विमानस्थलमा भएको थाहा पाएर उनीबीच बाटोबाट फर्केको सुनेको छैन,’ अध्यक्ष प्रचण्डले भने, ‘जसले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि अर्को क्रान्तिको तयारी गर्दैछ, उसले ज्ञानेन्द्र भेटेको भन्नु सही होला?’


