काठमाडौँ– नेपाल विद्युत प्राधिकरणले उद्योगहरुमा काटिएको बिजुलीको लाइन जोडिदिने निर्णय गरेको छ। शुक्रवार बिहान बसेको प्राधिकरण सञ्चालक समितिको ९६०औं बैंठकले लाइन जोड्ने निर्णय गरेको हो।
डेडिकेटेड फिडर तथा ट्रंकलाइनबाट लिएको विद्युत् महसुल बक्यौता नतिरेका कारण प्राधिकरणले केही उद्योगमा लाइन काटेको थियो।
यसअघि मन्त्रिपरिषद बैठकले लाइन काटिएका उद्योगहरुमा बिजुलीको लाइन जोडिदिन प्राधिकरणलाई निर्देशन दिने निर्णय गरेको थियो।
प्रचण्डको विरोधाभास: डेडिकेटेड र ट्रंकलाइनकाे बक्यौता नतिर्नेको लाइन तुरुन्तै काट्न निर्देशन
डेडिकेटेड फिडर तथा ट्रंकलाइनसम्बन्धी विवाद निरुपणका लागि छानबिन गर्न जाँचबुझ आयोगसमेत गठन गरेको छ। आयोगको अध्यक्षमा सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लाल छन्।
प्राधिकरणले ६ पुसदेखि उद्योगहरूको लाइन काट्न सुरू गरेको थियो। त्यसविरूद्ध उद्योग सञ्चालक र मजदुरहरू विरोध प्रदर्शनमा समेत उत्रिएका थिए भने प्राधिकरणका कर्मचारीले पनि लाइन नजोड्न भन्दै कार्यकारी निर्देशक कुलमान घिसिङलाई ज्ञापनपत्र बुजाएका थिए।
प्रधानमन्त्रीको दोहोरो चरित्र उदांगो पार्दैछ ट्रंकलाइन र डेडिकेटेड विवाद
प्रधानमन्त्रीको विपक्षमा उभिए प्राधिकरणका कर्मचारी, उद्योगको लाइन जोडे काट्ने चेतावनी


