काठमाडौँ- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई चुनाव लड्न चुनौती दिएका छन्। शनिबार ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो चुनौती दिएका हुन्।
नेपालमा फेरि राजतन्त्र फर्कन सम्भव नभएको बताएका उनले फेरि फर्केर आउने चाहना राखेको भए त्यो सम्भव नभएको बताए। उनले राजतन्त्रले लुट मात्र मच्चाएकोसमेत आरोप थियो।
‘राजतन्त्रले प्रकृतिको एकलौटी लुट मच्चाएको, लुम्बिनी विकास कोषमा लुट मच्चाएको, पशुपति विकास कोषमा लुट मच्चाएको, जनकपुरमा पनि त्यही ढंगले बाहिरबाट आएका अनेक श्रोतसाधनहरुलाई एकलौटी कब्जा गर्यो,’ उनले भने, ‘न खोज, न अनुसन्धान, न कुनै कसैले प्रश्न गर्यो! यस्तो स्थिति थियो। कुनै कोणबाट हेर्दा पनि राजतन्त्रको औचित्यता पुष्टि गर्न सकिँदैन। त्यसो हुनाले यहाँ राजतन्त्रको बारेमा कुरा उठाउनु भनेको असान्दर्भिक हो।’
अध्यक्ष नेपालले देश चलाउने भए बरू नेता भएर चुनाव लड्न र चुनाव जितेर प्रधानमन्त्री बन्न पूर्वराजा ज्ञानेन्द्रलाई सुझाव दिए।
‘चुनाव जितेर आए हुन्छ। राम्रो प्रधानमन्त्रीको रुपमा देशलाई विकल्प दिए हुन्छ,’ नेपालले थपे, ‘काम गर्ने भनेको प्रधानमन्त्रीले हो, प्रधानमन्त्री बन्न तपाई चाहनुहुन्छ भने तपाई आउनुस्।’
दरबार हत्याकाण्डका विषयमा ममाथि घातक प्रहार भयो : पूर्वराजा ज्ञानेन्द्र [पूर्णपाठ]


