काठमाडौँ– सभामुख देवराज घिमिरेले प्रमुख दलसहितको बैठक बोलाएका छन्।
सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा आइतबार दिउँसो २ बजे बस्ने गरी बैठक बोलाइएको छ।
नीति तथा कार्यक्रमको तयारीलगायतका विषयमा छलफल गर्न कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी, प्रमुख दलका प्रमुख सचेतक, सचेतकसहितको बैठक बोलाइएको बताइएको छ।
सहकारीको रकम अपचलनको आरोप लागेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय छानबिन समिति गठनको माग राखेर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सदन अवरुद्ध गर्दै आएको छ।
यसअघि वैशाख २५ गते पनि सभामुखले सर्वदलीय बैठक बोलाएका थिए। उक्त बैठक विना निष्कर्ष टुंगिएको थियो।
सभामुखले बोलाएको बैठक निष्कर्षविहीन, कांग्रेसको प्रश्न- गृहमन्त्री संविधानभन्दा माथि हो?


