२०८३ कार्तिक १६ गते आईतबार

सुन तस्करी : भन्सारमा पोका खोलेर खोजी अपरेसन

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, साउन ४
bhansar tia

काठमाडौँ- त्रिभुवन विमानस्थलस्थित भन्सार कार्यालयबाट जाँचपास भएर छुटेको समानामा झन्डै एक सय किलो सुन भेटिएपछि भन्सार कार्यालयमा फेरी सुन खोजी अपरेसन चलाइएकभो छ। थप सुन लुकाएर राखिएको हुनसक्ने आशंकामा भन्सारमा सुन खोजी जारी रहेको विमानस्थल भन्सार कार्यालयले जानकारी दिएको छ।

सुन रहेको आशंकामा विमानस्थल भन्सारमा आएका थप सामग्री परीक्षण भइरहेको छ। ‘हामीले शंका लागेका केही सामान हेरेका छौँ। १० प्याकेज खोलेर हेरिसक्यौँ। अझै पनि हेर्दैछौँ। तर थप सुन भेटिएको छैन,’ भन्सार कार्यालय स्रोतले भन्यो, ‘अब १३ वटा प्याकेज हेर्न बाँकी छ।’

सशस्त्र प्रहरी स्रोतले काठमाडौंका केही ठाउँमा पनि खानतलासी लिएको छ। थप सुन भेटिने आशंकामा अपरेसन चलाइएको हो।

मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयबाट बरामद गरिएको ठूलो परिणामको अवैध सुन जोख्नका लागि नेपाल राष्ट्र बैंक पठाइएको छ। राजस्व अनुसन्धान विभागका कर्मचारीहरुले राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभाग अन्तर्गतको टक्सार महाशाखामा सुन पुर्‍याएको हो।

८ वटा पोका बनाएर सुन पठाएको छ। महाशाखाले सुनको परिणाम र गुणस्तर परीक्षण गरी निर्क्योल गर्नेछ। टक्सार महाशाखाले सुनको परीक्षण, नाप, जाँच गरेपछि बरामद गरेको सुन राष्ट्र बैंकको बैंकिङ विभागमा पठाउने काम गर्छ। मुद्दाको किनारा नलाग्दासम्म राष्ट्र बैंकले तौल नापजाँच गरिएको सुन मुचुल्का उठाएर राष्ट्र बैंकले राख्ने गर्छ।

बरामद गरिएको सुन सरकारलाई प्राप्त हुने अवस्था आएमा सुन राष्ट्र बैंकमा रहने र सुनको मूल्य बराबरको रकम नेपाल सरकारले प्राप्त गर्ने नेपाल राष्ट्र बैंकका सहायक प्रवक्ता नारायणप्रसाद पोखरेलले बताए।

मोटरसाइकलको ब्रेकसुमा लुकाइएर ल्याइएको १६० टुक्रा सुनको अनुमान तौल ८० देखि १०० केजीसम्म हुने अनुमान राजस्व अनुसन्धान विभागको छ।

यो प्रकरणमा विभागले हालसम्म ६ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रेडी ट्रेडका सञ्चालक दिलीप भुजेल, रामकुमार भुजेल, भन्सार एजेन्ट राजेन्द्र राई र ट्याक्सी चालक छन्। भान्जा दिलीपको बयानका आधारमा मामा रामकुमार पक्राउ परेका हुन्। मामाभान्जा बुधबार पक्राउ परेका हुन् भने बाँकी तीन जना मंगलबार पक्राउ परेका हुन्।
सुन तस्करी प्रकरणको अनुसन्धान व्यापारी दीपक मल्होत्रातिर समेत सोझिएको छ। मंगलबार भन्सार पास भएर बाहिर जान लागेको झन्डै एक सय किलो सुन तस्करीमा प्रकरणमा व्यापारी दीपक मल्होत्राको संलग्नता हुन सक्ने यो प्रकरणमा अनुसन्धान गरिरहेका अधिकारीको भनाइ छ।

यस घटनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार जाँच पास कसरी भएर निस्कियो भन्नेबारे छानबिन गर्न भन्सार विभाग अनुसन्धान शाखाका निर्देशक मानबहादुर पौडेलको नेतृत्वमा समिति गठन भएको छ।

सय किलो सुन तस्करी : ८ पोका बनाएर राष्ट्र बैंक पुर्‍याइयो सुन [८ तस्बिर]

सय किलो सुन तस्करी : अनुसन्धानको सुई दीपक मल्होत्रातिर

बरामद सुन जोख्न राष्ट्र बैंक पठाउने तयारी, तौलिएपछि के गरिन्छ?

प्रकाशित: २०८० साउन ४ गते बिहिबार ०३:५८
प्रतिक्रिया

थप समाचार

विश्वको अर्थतन्त्र आकार १२८० खर्ब हुँदा नेपालको साढे ४५ अर्ब डलर मात्र

विश्वको कुल अर्थतन्त्रको ४२ प्रतिशतभन्दा बढी हिस्सा अमेरिका र चीनले ओगटेका छन्। अमेरिकाको अर्थतन्त्रको हिस्सा विश्वको एक चौथाइ छ। अमेरिका, चीन, जर्मनी र जापान—यी चार देशले मात्र विश्वको कुल...

निर्यातले खर्ब नाघ्दा पनि व्यापार घाटा ५ खर्बमाथि, आयातको दबदबा कायमै

काठमाडौँः चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा नेपालको वैदेशिक व्यापार उल्लेख्य रूपमा विस्तार भएको छ। निर्यातले पहिलोपटक तीन महिनामै खर्बको सीमा पार गरे पनि आयातको वृद्धिदर उच्च रहँदा...

बैंकको सेयर कर्जासँगै ब्रोकरको मार्जिन सुविधा, लगानीकर्ताका लागि के फरक?

बोनका अध्यक्ष डा गोपाल भट्टका अनुसार ब्रोकर प्रतिनिधिहरूसँगको छलफलमा २५ प्रतिशत आफ्नै मार्जिन राखेर बाँकी ७५ प्रतिशतसम्मको वित्तीय सुविधा लिन सकिने मोडेलबारे व्याख्या गरिएको छ।

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...

नीतिगत दरले बैंकको ब्याजदेखि बजारसम्म कसरी असर गर्छ?

नीतिगत ब्याजदर भनेको केन्द्रीय बैंकले अर्थतन्त्रमा कर्जा र पैसाको प्रवाहलाई प्रभावित गर्न निर्धारण गर्ने प्रमुख ब्याजदर हो। नेपालमा यस्तो दर नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत प्रयोग...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना