काठमाडौँ– रास्वपाको केन्द्रीय समिति बैठकले महामन्त्री डा. मुकुल ढकाललाई निलम्बन गरेकाे छ।
बुधबार बसेको केन्द्रीय समितिको बैठकले ढकाललाई ७ दिनको लागि निलम्बन गरेकाे हाे।
महामन्त्रीका अनुशासनहीन क्रियाकलापका सम्बन्धमा थप कारबाही गर्ने तयारी रास्वपाको छ।
थप कारवाहीका लागि केन्द्रीय समितिमा सिफारिस गर्न पार्टीकाे अनुशासन समितिलाई निर्देशन दिने निर्णय पनि बैठकले गरेकाे छ।
उनीमाथि ७ दिन छानबिन गरिने र दाेषी देखिएमा थप कारबाही हुनेछ।
डा ढकाललाई कारबाही गर्ने निर्णय गरेसँगै रास्वपाले कार्यवाहक महामन्त्रीमा कवीन्द्र बुर्लाकोटीलाई तोक्ने निर्णय गरेको छ।
प्रवक्ताको समेत जिम्मेवारीमा रहेका ढकाललाई हटाएसँगै उक्त स्थानमा मनिष झालाई लगिएको छ।
बिहान ८ बजेदेखि बसेकाे बैठक १६ घण्टापछि मध्यरातमा सकिएकाे हाे।

थप समाचार


