काठमाडौँ: इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपाल लिमिटेडले विवादास्पद व्यवसायी दीपक भट्ट र सुलभ अग्रवालको लगानी भएका डेढ दर्जन कम्पनीलाई नकारात्मक सूचिसहित ‘क्रेडिट वाच लिस्ट’ मा राखेको छ।
यस्तै व्यवसायी तथा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष तथा गोल्छा ग्रुपका अध्यक्ष शेखर गोल्छाले सञ्चालन गरिरहेको कम्पनीलाई पनि नकरात्मक लिस्टका साथै क्रेडिट वाचमा राखेको इन्फोमेरिक्सले जनाएको छ। गोल्छा पनि भट्ट र अग्रवालसँग सेयर कारोबारमा जोडिएका छन्।
नकारात्मक सूचीमा पर्ने कम्पनीहरुमा जगदम्बा हस्पिटालिटीले सञ्चालन गरिरहेको पाँचतारे होटल हिल्टन रहेको छ। गत भदौ २४ को जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीमा परेको हिल्टन होटलको हाल पुनर्निमार्ण जारी छ।
यस्तै जगदम्बा अटो ग्रुप, जगदम्बा अटो, जगदम्बा स्टिल लिमिटेड, सौर्य सिमेन्ट इन्डष्ट्रिज लिमिटेड, रिद्धिसिद्ध सिमेन्ट लिमिटेड, हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड, जगदम्बा मोबाइल्स रहेका छन्।
यस्तै जगदम्बा हायर पर्चेज लिमिटेड, हिमालयन इन्भेष्टमेन्ट बैंकर्स लिमिटेड, जगदम्बा फ्लोर एन्ड एग्रो प्रालि, हुलास फाइनसर्भ हायर पर्चेज, गणपति वनस्पत्ति प्रालि, लिटमस इन्डष्ट्रिज लिमिटेड, टेलिटक, टेलि डाइरेक्ट, रामजानकी हाइड्रोपावर र विदानश्री इन्फ्रास्ट्रक्चर लिमिटेड रहेका छन्।
७३ अर्ब बढीको सेयर घोटाला: दीपक भट्ट, शेखर गोल्छा र अग्रवालसहित ८१ जनाविरुद्ध मुद्दा दर्ता
मूल्यांकन गरिएका धेरै कम्पनीहरूका प्रवर्द्धक तथा निर्देशकहरूमाथि चलिरहेको अनुसन्धान र सम्बन्धित गिरफ्तारीबाट प्रत्यक्ष रूपमा कम्पनीहरु प्रभावित भएको इन्फोमेरिक्सले जनाएको छ।
जसको परिणामस्वरूप विभिन्न व्यावसायिक समूहका भट्ट, अग्रवाला र गोल्छालगायत प्रमुख व्यक्तिहरूलाई प्रतिवादीको रूपमा नाम दिइएको छ। यी संस्थाहरूको सम्भावित वित्तीय, सञ्चालन र प्रतिष्ठात्मक प्रभावहरूको बारेमा आरोपहरू र अनिश्चिततालाई ध्यानमा राख्दै डेड दर्जन कम्पनीको मूल्यांकनलाई नकारात्मक प्रभावहरूसहित क्रेडिट वाचमा राखेको जानकारी दिएको छ।
दीपक भट्टको पौने चार अर्बको शंकास्पद कारोबार: इन्फिनिटीदेखि रिइन्स्योरेन्ससम्म छानबिन
मूल्यांकनले सम्भावित तरलता दबाव, व्यवस्थापन निरन्तरता र चलिरहेको अनुसन्धानमा प्रमुख कर्मचारीहरूको संलग्नताबाट उत्पन्न हुने व्यावसायिक सञ्चालनमा समग्र प्रभावको बारेमा चिन्ताहरू प्रतिबिम्बित गर्ने इन्फोमेरिक्सले जनाएको छ।
दीपक भट्टसँग जोडिएका ५६ जनाको सेयर रोक्का गर्न सेबोनलाई सीआईबीको पत्र
हालसम्म भएका अभियोजकहरूले विभिन्न व्यावसायिक संस्थाहरूसँग सम्बन्धित विभिन्न व्यक्तिहरूविरुद्ध कानुनी कारबाही सुरु भइसकेको छ। दीपक भट्ट र सुलभ अग्रवाललाई विशेष अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ भने शेखर धरौटीमा रिहा भएका छन्। एक खर्ब रुपैयाँ बढीको अपचलन र हिनामिना गरिएको आरोप लागको छ।
धितोपत्र, बीमा, बैंकिङ र सम्पत्ति शुद्धीकरण विरोधी क्षेत्रमा वित्तीय अनियमितताको आरोपमा तीन अलग अलग अदालतहरूमा एकैसाथ मुद्दा दायर भएका छन्। जसअनुसार काठमाडौँ जिल्ला अदालतमा दुई
अभियोगपत्र दायर गरिएको छ।
दीपक भट्टसँग सम्बन्धित आठ बीमाका संस्थापक सेयरधनी सम्पत्ति शुद्धिकरणको राडारमा, विभागले माग्यो विवरण
यस्तै पाटन उच्च अदालत र विशेष अदालतमा एक एक मुद्दा दर्ता गरिएको छ। व्यवसायीमाथि अनुसन्धान जारी रहेको आरोपपत्र मात्र दायर गरिएको छ। अहिलेसम्म अदालतले कसैलाई पनि दोषी ठहराएको छैन।
काठमाडौँको जिल्ला सरकारी वकिलको कार्यालयले काठमाडौँ जिल्ला अदालतमा बीमा र धितोपत्र सम्बन्धी मुद्दा दायर गरेको छ। जबकि, विशेष सरकारी वकिलको कार्यालयले विशेष अदालतमा सम्पत्ति शुद्धीकरण मुद्दा दायर गरेको छ।
भृकुटी स्टकमा दीपक भट्टको अर्बौँ उधारो कारोबार, कोसँग कति उठाउन र कसलाई कति तिर्न बाँकी?
पाटन उच्च अदालतमा छुट्टै बैंकिङ अपराध मुद्दा दायर गरिएको छ। अभियोजकहरूले बीमा मुद्दामा ४२ जना, धितोपत्र मुद्दामा ८१ जना, सम्पत्ति शुद्धीकरण मुद्दामा ३९ जना र बैंकिङ अपराध मुद्दामा ५ जनालाई प्रतिवादीको बनाइएको छ।
सर्वाधिक कर तिरेर सम्मानित शाह पनि दीपक भट्टको सेयर जालसाँझीमा संलग्न, कारबाही सिफारिस
सेयर बजारमा कृत्रिम कारोबार: दीपक भट्ट मुख्य दोषी, शेखर गोल्छा र रोहित गुप्तालगायत सहयोगी


