२०८३ कार्तिक ११ गते मङ्गलबार

सूर्यदर्शनबाट ठगी : प्रहरीले बुझायो अनुसन्धान फाइल, १९ आरोपितमध्ये १८ फरार

 |  मदनमणि तिमिल्सिना
Sanket

मदनमणि तिमिल्सिना

पोखरा, असोज १७
suryadarshan

पोखरा- गीतेन्द्र (जीबी) राईको समूहले खालेको पोखराको सूर्यदर्शन सहकारीको ठगीसम्बन्धी फाइल जिल्ला सरकारी वकिलको कार्यालय, कास्की सरकारी वकिलको कार्यालयमा पुगेको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीले अनुसन्धान सकेर १ अर्ब ११ करोड १ लाख रुपैयाँ बिगो दाबीसहित मंगलबार सरकारी वकिलको कार्यालयमा फाइल बुझाएको हो।

सूर्यदर्शन सहकारीमा सर्वसाधरणको बचत रकम हिनामिना पारेको भन्दै पदाधिकारी तथा पूर्वसञ्चालकविरुद्ध १ हजार ३६ जनाले उजुरी दिएका छन्।

जिल्ला प्रहरी कार्यालय कास्कीले गत साउन ३२ गते सूचना जारी गरी भदौ १५ गतेसम्म पीडितहरुलाई जाहेरी दिन आग्रह गरेको थियो ।

बचतकर्ताको उजुरीको आधारमा प्रहरीले गत भदौ २४ गते जीबीसहित ७ जनालाई पक्राउ पुर्जी भएको २ दिनपछि सूर्यदर्शनका कोषाध्यक्ष कुमार रम्तेल पक्राउ परेका थिए।

रम्तेल पक्राउ परेको २५औं दिनमा प्रहरीले अनुसन्धान सकेर सरकारी वकिलको कार्यालयमा फाइल बुझाएको कास्की प्रहरी प्रवक्ता डिएसवी श्रवणकुमार विकले जानकारी दिए।

सरकारी वकिलको कार्यालयले कास्की जिल्ला अदालतमा मुद्दा दर्ता गराउनेछ।

सूर्यदर्शन सहकारीको ठगी प्रकरणमा प्रहरीले १९ जनालाई पक्राउ पुर्जी जारी गरेको छ। त्यसमा १८ जना अझै फरार छन्।

सहकारीका पूर्व अध्यक्ष जीबी राई, उनकै दाइ भूपेन्द्र, कोषाध्यक्ष कुमार रम्तेल, अहिलेका अध्यक्ष तथा व्यवस्थापकसमेत रहेका थानबहादुर बुढालाई प्रहरीले पक्राउ पुर्जी जारी गरे पनि उनीहरु अहिले फरारको सूचीमा छन्।

यसैगरी पक्राउ पुर्जी जारी भएका वर्तमान तथा पूर्व सञ्चालक शिवबहादुर (महेन्द्र भोटे), कैलाश दर्लामी, धीरजकुमार दास, हेमन्त अधिकारी, प्रमोद भट्टराई, मनोज नकर्मी, सुरज श्रेष्ठ, भविश्वेर अर्याल, आइस्मा गुरुङ, कविता तामाङ, सागर केसी, दिनेश रोका, ललिता तामाङ फरार छन्।

ग्याङस्टरबाट पर्यटन व्यवसायी भएका भोटे नेकपा एमालेमा प्रवेश गरेपछि हाल राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय उपमहासचिव हुन्।

लेखा अधिकृत सृष्टि मानन्धर, कर्जा अधिकृत बुद्धि गुरुङविरुद्ध पनि सहकारीको रकम अपचलन गरेको आरोपमा पक्राउ पुर्जी जारी भए पनि प्रहरीले फरार भएको जनाएको छ।

यीमध्ये महेन्द्र भोटे र आइस्मा तामाङ मादी–६ भाचोककै हुन् भने ललिता तामाङ र सुरज श्रेष्ठ लेखनाथ, बुद्धि गुरूङ मादी–९ मिजुरेडाँडाका हुन्। बाँकी सबै कास्की बाहिरका रहेको प्रहरीले जनाएको छ।

सुरुमा सहकारीको व्यवस्थापक भएका थानबहादुर पछिल्लो कार्यकालमा अध्यक्ष बनेका थिए।

सहकारीको संकट बाहिर नजओस् भन्नका लागि पनि थानबहादुरले नै अध्यक्ष र व्यवस्थापकको काम गर्दै आएका थिए।

पोखरामा गुन्डागर्दी पृष्ठभूमिबाट राजनीतिमा प्रवेश गरेका भोटे पछिल्लो समय सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था धराशायी भई निक्षेपकर्ता ठगिएपछि सोही प्रकरणमा मुछिएका छन्।

ग्याङस्टरबाट पर्यटन व्यवसायी भएका भोटे नेकपा एमालेमा प्रवेश गरेपछि हाल राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय उपमहासचिव हुन्।

त्यस्तै, गत स्थानीय निर्वाचनमा उनी कास्कीको मादी गाउँपालिकाको अध्यक्षका लागि चुनाव लडेका थिए। यद्यपि, भोटे नेपाली कांग्रेसका देवीजंग गुरुङसँग पराजित भए। उनको स्थायी ठेगाना सोही गापाको वडा १० हो।

यस विषयमा कास्की प्रहरी खुल्न चाहँदैन। तर भोटेलाई पक्राउ गर्न पुर्जी जारी भइसकेको र सूर्यदर्शन सहकारीसँग सम्बन्धित अन्य जिल्लाको प्रहरीसँग समन्वय गरिएको प्रहरीको भनाइ छ।

आइतबार भोटेविरुद्ध पक्राउ पुर्जी जारी गरिएको हो। त्यसको सुइँको पाएपछि भोटे सम्पर्कवीहिन छन्। पोखरामा जारी एमालेको प्रथम गण्डकी अधिवेशनमा उनी देखिएका छैनन्।

सूर्यदर्शन सहकारीबाट डेढ अर्ब हिनामिनाको आरोपमा १९ जनाविरुद्ध मुद्दा दायर गर्ने तयारी

सूर्यदर्शन सहकारीबाट डेढ अर्ब हिनामिनाको आरोपमा १९ जनाविरुद्ध मुद्दा दायर गर्ने तयारी

जिबी राई अध्यक्ष रहेको सहकारीका सदस्य काठमाडौंबाट पक्राउ

जिबी राईको अर्को सहकारी ठगी प्रकरण,  पर्सा जिल्ला अदालतबाट पक्राउ पूर्जी

प्रकाशित: २०८० असोज १७ गते बुधबार ०९:२८
Sanket

मदनमणि तिमिल्सिना

तिमिल्सिना सामाजिक तथा राजनीतिक विषयमा रुचि राख्छन्।
प्रतिक्रिया

थप समाचार

विदेशी खेलाडी ल्याउँदा भिसा, कर र भुक्तानी जटिलताले फ्रेन्चाइजलाई चुनौती

विदेशी खेलाडीले २५ प्रतिशत कर तिर्नुपर्ने व्यवस्था, व्यावसायिक भिसाको अभाव र पर्यटक भिसामा प्रवेश गरेपछि भिसा परिवर्तन गर्नुपर्ने प्रक्रियाले अन्तर्राष्ट्रिय खेलाडीको सहभागिता व्यवस्थापन...

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...

नीतिगत दरले बैंकको ब्याजदेखि बजारसम्म कसरी असर गर्छ?

नीतिगत ब्याजदर भनेको केन्द्रीय बैंकले अर्थतन्त्रमा कर्जा र पैसाको प्रवाहलाई प्रभावित गर्न निर्धारण गर्ने प्रमुख ब्याजदर हो। नेपालमा यस्तो दर नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत प्रयोग...

मुद्रास्फीतिको दबाबले सर्वसाधारणको जीवनमा कस्तो असर पर्छ?

सरल भाषामा भन्नुपर्दा, अर्थतन्त्रमा वस्तु तथा सेवाको मूल्य बढ्ने वा मूल्यवृद्धिको जोखिम बढ्ने अवस्था नै मुद्रास्फीतिको दबाब बढ्नु हो।

३ हजारको सामान किनेकी सन्तमायाले जितिन् १० लाख, १ लाख जित्ने १६ जना को? [सूची]

काठमाडौँ: नुवाकोटकी सन्तमाया तामाङले ३ हजार रुपैयाँको सामान खरिद गरेर लिएको बिलका आधारमा १० लाख रुपैयाँ जितेकी छन्। आन्तरिक राजस्व विभागको करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत गोलाप्रथाबाट...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना