२०८३ असोज १८ गते आईतबार

भारतीय भन्सार शुल्कको असरः डेढ खर्बको खानेतेल निर्यात व्यापार जोखिममा

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असोज १३
oil
Oil in bottles. Industrial production of sunflower oil. Conveyor line for bottling and packing. Sunflower oil plant. Bottle of oil on packing line.

काठमाडौं। प्रशोधित खाने तेलको निर्यातमा भारतले गरेको पछिल्लो भन्सार शुल्क कटौतीले नेपाली उद्योगको प्रतिस्पर्धात्मक लाभ घटाउने जोखिम बढाएको छ।

गत आर्थिक वर्षमा भटमास, पाम र सूर्यमुखी तेलबाट १ खर्ब ४६ अर्ब रुपैयाँभन्दा बढीको निर्यात गरेको नेपालका लागि भारतको नयाँ भन्सार शुल्क संरचनाले निर्यातको परिमाणभन्दा पहिले उद्योगको नाफा र बजार हिस्सामा दबाब सिर्जना गर्ने देखिएको छ।

भारतले सेप्टेम्बर २४ देखि लागू हुने गरी पाम, भटमास र सूर्यमुखीको कच्चा तेलमा लाग्ने आयात शुल्क घटाएको छ। कच्चा पाम र सोयाबिन तेलको आधारभूत भन्सार महसुल १० प्रतिशतबाट ५ प्रतिशतमा झारिएको छ। कच्चा सूर्यमुखी तेलमा लाग्दै आएको १० प्रतिशत शुल्क हटाइएको छ।

कृषि पूर्वाधार तथा विकास र सामाजिक सुरक्षा चार्जसमेत जोड्दा कच्चा पाम र सोयाबिन तेलमा लाग्ने कुल आयात शुल्क १६ दशमलव ५ प्रतिशतबाट ११ प्रतिशतमा तथा कच्चा सूर्यमुखी तेलमा १६ दशमलव ५ प्रतिशतबाट ५ दशमलव ५ प्रतिशतमा झरेको छ।

भारतका उत्पादकहरुले नेपालबाट खानेतेल आयात रोक्न माग गर्दै आएका छन्। नेपालबाट खानेतले आयात रोक्न भारतीय उत्पादकहरुले आयात नीतिमा पुनरावलोकन गर्न केन्द्रीय सरकारसँग आग्रह गर्दै आएका छन्।

इन्डियन भेजिटेबल आयल प्रोड्युसर्स एसोसिएसन (आइभीपीए) ले केन्द्र सरकारलाई देशको खाद्यतेल आयात नीतिमा तत्काल पुनरावलोकन गर्न आग्रह गरेको थियो। दक्षिण एसियाली स्वतन्त्र व्यापार सम्झौता (साफ्टा) अन्तर्गत नेपालबाट भन्साररहित प्रशोधित खाद्य तेल निर्यात बढेको छ।

नेपालबाट खानेतेल आयात रोक्न भारतीय उद्योगीको दबाब, उद्योग संकटमा परेको दावी

नेपाल चामल, तेल, दाल उत्पादक संघका सदस्य विभोर अग्रवालका अनुसार भारतले कच्चा तेलमा भन्सार घटाएपछि भारतीय उद्योगले तेस्रो मुलुकबाट कच्चा पदार्थ कम लागतमा आयात गर्न सक्ने अवस्था बनेको छ। उनका अनुसार यसले नेपालबाट भारततर्फ भइरहेको प्रशोधित तेलको निर्यातलाई प्रत्यक्ष असर पार्नेछ।

‘अहिलेसम्म भारतमा कच्चा तेल आयात गर्दा भारतीय उद्योगीले बढी शुल्क तिर्नुपथ्र्यो। नेपालले आयात गर्ने कच्चा पदार्थमा त्यसभन्दा कम शुल्क लाग्ने भएकाले ड्युटी डिफरेन्सको लाभ नेपालबाट तेल निर्यातमा देखिएको थियो,’ अग्रवालले भने, ‘अब भारतले त्यहाँको कच्चा तेलको आयात शुल्क घटाएपछि भारतीय उद्योगलाई नै कच्चा पदार्थ सस्तो पर्ने भयो। त्यसपछि भारतमा भारतीय तेल नै सस्तो हुन्छ भने नेपालबाट तेल निर्यात गर्न कठिन हुन्छ।’

भारतले कच्चा पदार्थमा शुल्क घटाएपछि नेपाली उद्योगले पाउँदै आएको लागतसम्बन्धी लाभ घट्ने अग्रवालको भनाइ छ। उनका अनुसार यसको असर निर्यातमा मात्र नभई नेपालमा कच्चा तेलको आयातमा समेत पर्न सक्छ।

६८ करोड लगानीमा कञ्चनपुरमा खानेतेल उद्योग बन्दै, दैनिक २०० टन उत्पादन गर्ने

‘भारतमा नेपाली तेलको माग घटेपछि नेपालमा कच्चा पदार्थको आयात पनि कम हुन्छ। कतिपय अवस्थामा बाटोमा रहेको कच्चा पदार्थको सौदा पनि रद्द हुनसक्ने अवस्था आउन सक्छ,’ उनले भने।
मुलुकमा ठूला व्यवसायिक घरनाहरुको खानेतेल उद्योग सञ्चालन गर्दै आएका छन्। पछिल्लो समय खानेतेल उद्योगमा लगानी बढेको छ।

डेढ खर्बको निर्यातको आधार

व्यापार तथा निर्यात प्रवद्र्धन केन्द्रको तथ्यांकअनुसार आर्थिक वर्ष २०८२/०८३ मा भटमास, पाम र सूर्यमुखी तेलको कुल निर्यात मूल्य १ खर्ब ४६ अर्ब रुपैयाँभन्दा बढी थियो। यी वस्तुको अधिकांश निर्यात भारततर्फ भएको छ।

यसमा सबैभन्दा ठूलो हिस्सा भटमासको तेलको छ। भन्सार विभागका अनुसार आर्थिक वर्ष २०८२/०८३ मा १ खर्ब २८ अर्ब ७४ करोड रुपैयाँ बराबरको ५ लाख ९३ हजार ८२३ मेट्रिक टन भटमासको तेल निर्यात भएको थियो।

भारतको भन्सार नीतिले बाबा भेजिटेवलको व्यापारमा उछाल, छ अर्बको खानेतेल कारोबार

अघिल्लो वर्ष २०८१/०८२ मा यस्तो निर्यात १ खर्ब ६ अर्ब ७९ करोड रुपैयाँ बराबरको ५ लाख ९ हजार ९६२ मेट्रिक टन थियो। अर्थात् एक वर्षमै भटमासको तेलको निर्यात मूल्य करिब २२ अर्ब रुपैयाँ बढेको छ।

तर पाम र सूर्यमुखी तेलको निर्यात भने स्थिर छैन। पाम तेलको निर्यात आर्थिक वर्ष २०७६/०७७ मा १८ अर्ब ३२ करोड रुपैयाँ पुगेकोमा आर्थिक वर्ष २०७७/०७८ मा ६ किलोलिटरमा सीमित भएको थियो। त्यसपछि आर्थिक वर्ष २०७८/०७९ मा पुनः ४१ अर्ब ६ करोड रुपैयाँ पुगेको निर्यात आर्थिक वर्ष २०८२/०८३ मा ८ अर्ब ३७ करोड रुपैयाँमा झरेको छ।

सूर्यमुखी तेलको निर्यात पनि आर्थिक वर्ष २०८१/०८२ मा १२ अर्ब ३३ करोड रुपैयाँ पुगेकोमा आर्थिक वर्ष २०८२/०८३ मा मूल्यका आधारमा ८ अर्ब ९४ करोड रुपैयाँमा झरेको छ। यद्यपि, परिमाण भने ६९ हजार ३४५ किलोलिटर पुगेको छ।

उद्योगको नाफामा दबाब

भारतको शुल्क कटौतीपछि नेपाली उद्योगले भारतीय बजारमा आफ्नो हिस्सा कायम राख्न मूल्य घटाउनुपर्ने अवस्था आउन सक्ने व्यवसायीको भनाइ छ। त्यसो भए निर्यातको रकम तत्काल ठूलो परिमाणमा नघटे पनि उद्योगको नाफा मार्जिनमा दबाब पर्न सक्छ।

अग्रवालका अनुसार भारतको नयाँ शुल्क संरचनाले नेपाली उद्योगको निर्यातमा रहेको मुख्य लागतगत लाभ नै कमजोर बनाएको छ। ‘केहीदिन अघिसम्म भारतमा भारतीय तेल महँगो पर्ने भएकाले नेपालबाट प्रशोधित तेल निर्यात भइरहेको थियो। अब भारतमै तेल सस्तो भएपछि नेपाली तेल त्यहाँ लैजानुको आर्थिक आधार कमजोर हुन्छ,’ उनले भने।

तेल उत्पादनमा जाजु ग्रुपः रोयल इडेबल आयल सञ्चालनमा ल्याउँदै, भारत निर्यात गर्ने लक्ष्य

उनका अनुसार यसको अर्को प्रभाव नेपालमा देखिन सक्छ। भारततर्फ निर्यात हुन नसकेको तेल नेपाली बजारमा रहने भएकाले आन्तरिक बजारमा आपूर्ति बढ्नसक्छ। ‘नेपालबाट भारततर्फ निर्यात नभएपछि त्यो तेल नेपालमै आउँछ। त्यसले नेपालमा तेल सस्तो हुने अवस्था पनि आउनसक्छ,’ अग्रवालले भने। यसले उपभोक्ताका लागि मूल्यमा राहत दिन सक्ने भए पनि निर्यातमुखी उद्योगका लागि भने चुनौती थपिने उनको भनाइ छ।

राजस्वमा पनि असर पर्नसक्ने

खाद्य तेल निर्यातमा कमी आएमा त्यसको असर उद्योगको कारोबारमा मात्र सीमित नहुने व्यवसायीको भनाइ छ। कच्चा पदार्थ आयात, प्रशोधन, प्याकेजिङ, ढुवानी, बैंकिङ तथा अन्य सेवासँग जोडिएको कारोबारमा समेत यसको प्रभाव पर्न सक्छ।

अग्रवालका अनुसार निर्यात घट्दा कच्चा पदार्थको आयातसम्बन्धी कारोबार र त्यसबाट सरकारलाई प्राप्त हुने राजस्वमा समेत कमी आउन सक्छ। ‘भारततर्फ निर्यात नै भएन भने निर्यातबाट आउने कारोबार त घट्छ नै। कच्चा पदार्थको आयातमा लाग्ने कर तथा त्यससँग जोडिएको कारोबार पनि घट्न सक्छ,’ उनले भने।

भारतको भन्सार सहुलियतले धमाधम तेल उद्योग खुल्दै, बारामा भाइटल आयल सञ्चालनमा आउने

नेपालमा प्रशोधन गरेर भारत पठाइने खाद्य तेलको ठूलो हिस्सा भारतीय बजारमा निर्भर भएकाले भारतको आयात नीतिमा आउने परिवर्तनले नेपाली उद्योगलाई प्रत्यक्ष असर पार्दै आएको छ।

विगतमा पाम तथा सूर्यमुखी तेलको निर्यातमा देखिएको उतारचढावले पनि यस्तो निर्भरता देखाउँछ। त्यसैले भारतको पछिल्लो शुल्क परिवर्तनले नेपाली खाद्य तेल उद्योगसामु दुईवटा प्रमुख चुनौती खडा गरेको छ—भारतीय बजारमा मूल्य प्रतिस्पर्धा कायम राख्नु र निर्यातबाट प्राप्त हुने नाफा जोगाउनु।

१ खर्ब ४६ अर्ब रुपैयाँभन्दा बढीको निर्यात कारोबार तत्कालै समाप्त हुने अवस्था नभए पनि भारतको नयाँ शुल्क संरचना लामो समय कायम रहेमा नेपाली उद्योगले विगतमा पाउँदै आएको लागत तथा भन्सार अन्तरको लाभ घट्न सक्नेछ। त्यसको असर निर्यातको परिमाण, निर्यात मूल्य, कच्चा पदार्थको आयात र उद्योगको नाफामा देखिन सक्छ।

चितवनमा रोयल रिफाइनरी तेल उद्योग आउँदै भारत निर्यात गर्ने लक्ष्य

भारतको सहुलियतले आरएमसी फुडको तेलको व्यापार २७२ प्रतिशत वृद्धि, १८ अर्बको कारोबार

भारतले ७९ लाख टन खानेतेल आयात गर्दा नेपालबाट निर्यात कति?

कपिलवस्तुमा १२ करोड लगानीमा तेल उद्योग सञ्चालन

भारतको भन्सार नीतिले केएल दुगडको तेल व्यापारमा चमक, साढे १४ अर्बको कारोबार

प्रकाशित: २०८३ असोज १३ गते मङ्गलबार ०२:३५
प्रतिक्रिया

थप समाचार

आक्रामक लगानी विस्तार गर्दै रामेश्वर साह, सौरहा र जनकपुरपछि मुक्तिनाथ र बर्दियामा होटल खोल्ने

चितवनको सौराहामा ‘रोयल टुलिप’ लक्जरी रिसोर्ट सञ्चालन गरिरहेका शाहले जनकपुरधाममा २ अर्ब रूपैयाँ लगानीमा पाँचतारे डिलक्स होटल मिथिला निर्माण गरिरहेका छन्।

बूढानीलकण्ठ फरेष्ट हिल्सले लक्जरी वेलनेस रिसोर्ट बनाउदै, लागत १ अर्ब ११ करोड

होटल बनाउन १ अर्ब ११ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। कूल लगानीमा स्वपुँजी र ऋण लगानी हिस्सा आधा हुने बूढानीलकण्ठ फरेष्ट हिल्सले जनाएको छ।

सेना, प्रहरी र सशस्त्रलाई पनि खाना पकाउने ग्यास वितरण गर्न अनुमति दिने तयारी

काठमाडौँ: उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रुद्रसिंह तामाङले सुरक्षा निकायलाई पनि खाना पकाउने ग्यास (एलपिजी)को बिक्री वितरण गर्न अनुमति दिन लागेको जानकारी दिएका छन्। विकास आर्थिक...

सीएसआरको पैसा कब्जा गर्ने सरकारको तयारी, प्रस्तावित कम्पनी विद्येयकमा निजी क्षेत्रको असहमति

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले तयार पारेको कम्पनी ऐनसम्बन्धी विधेयकको मस्यौदामा वार्षिक २५ करोड रुपैयाँभन्दा बढी कारोबार गर्ने कम्पनीले आफ्नो खुद नाफाको कम्तीमा १ प्रतिशत रकम ‘संस्थागत...

रारा चाउचाउ गुणस्तरहीन, बिक्रीमा लगाइयो रोक

काठमाडौँ: खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले रारा चाउचाउ बजारबाट फिर्ता गर्न निर्देशन दिएको छ। विभागले बजार अनुगमन तथा निरीक्षणका क्रममा खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम संकलन...
mukunda_sulav
बीमा

सुलभ-मुकुन्द हिमालयन रि–को सेयर विवादः अदालतको प्रश्न–१०० को सेयर ८०० पुग्ने आधार के हो?

उच्च अदालत पाटनले कामाख्या फिनकोर्पको दर्ता २०७८ वैशाख ३१ मा सेयर मूल्य कित्ताको १०० कायम रहेकोमा २०७८ असार १७ मा बढाएर ८०० रुपैयाँ पुग्ने ठोस आधार कारण के हो? भनी प्रश्न गरेको छ।
fc15fdfb-e8c0-48c3-840d-9f418322e161
समाज

रसुवा बाढीमा बेपत्ता भोजराजको कुशको सब बनाएर दाहसंस्कार गरिने

काठमाडौं। भोटेकोसी त्रिशूली बाढीका क्रममा बेपत्ता भएका मोरङ सुन्दरहरैंचाका भोजराज अधिकारीको परम्पराअनुसार कुशको प्रतिमा बनाएर दाहसंस्कार गरिने भएको छ। अटोमोबाइल कम्पनीमा कार्यरत ४३ वर्षीय...
482229731_1191734018981818_4961382105116707870_n
राजनीति

गगनले ‘एप्रिसिएट’ गरेका शालिक कांग्रेस केन्द्रीय सदस्यका उम्मेदवार

'आजको दिनमा 'ट्रिपअडभाइजरमा 'शेर्पा' रेष्टुरेन्ट पूरै आम्सटर्डम (नेदरल्यान्डको राजधानी) शहरभरि २ नम्बरमा पर्छ। ‍त्यसका एक सञ्चालक शालिक गौतम नेपाली कांग्रेसका महासमिति सदस्य मात्र होइनन्,...
WhatsApp Image 2026-09-30 at 14.08.14 (1)
साहित्य

शुक्रबार सार्वजनिक हुँदै रमेशनाथ पाण्डेको कथासङ्ग्रह ‘संसारपारिको संसार’

काठमाडौँ: बहुआयामिक व्यक्तित्त्व पूर्वपरराष्ट्रमन्त्री, वरिष्ठतम कूटनीतिज्ञ, पत्रकार रमेशनाथ पाण्डेको कथासङ्ग्रह बजारमा आउँदैछ। पाण्डेको 'संसारपारिको संसार' कथासङ्ग्रह आगामी शुक्रबार...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना